श्रेणी : BANNER
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न एमाले अध्यक्ष ओली बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
भेट गृहमन्त्री नियुक्तिमा केन्द्रित रहेको बताइएको छ । यसअघि मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र एमाले अध्यक्षबीच भेटवार्ता भएको थियो । भेटमा एमाले अध्यक्ष ओलीले सत्ता साझेदार दलबीच भएको समझदारी रास्वपाले नै पाउनुपर्ने बताएका थिए ।
आज प्रधानमन्त्रीसँग पनि एमाले अध्यक्ष ओलीले यसै विषयमा कुराकानी गरेको बताइएको छ । सभापति लामिछानेले आफूलाई गृहमन्त्री नियुक्ति गर्न भन्दै प्रधानमन्त्रीसँग मंगलबार भेट गरेका थिए ।
तर प्रधानमन्त्रीले लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको सर्वोच्चबाट पूर्णपाठ नआएसम्म गृह मन्त्रालयकाबारेमा कुनै निर्णय नगर्ने बताएका थिए ।
प्रतिक्रिया