वीरगन्ज :

‘स्पट फिक्सिङ’ हुनुमा नेतृत्व दोषी रहेको भन्दै क्यानका सात केन्द्रीय सदस्यद्वारा नेतृत्वको राजीनामा माग

श्रेणी : खेलकुद

2 years
birgunj report
21Views
0 Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सात जना केन्द्रीय सदस्यले नेतृत्वको राजीनामा माग गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले नेतृत्वलाई पटक–पटक सचेत गराउँदा पनि जानाजान गल्ती गरेको भन्दै राजीनामा माग गरेका हुन् ।

उनीहरुले नेपाल टी २० लिगमा गरेको गल्तीका कारण नेतृत्व तह र कार्यसम्पादन समितिले पूर्ण जिम्मेवारी बहन गरेर राजीनामा दिनुपर्ने बताएका छन् । उनीहरुले गत बिहीबार क्यान अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्त मल्ल र कोषाध्यक्ष रोशन सिंहले गरेको पत्रकार सम्मेलन क्यानको आधिकारिक धारणा नभएको बताएका छन् ।

क्यानका अध्यक्ष चन्दले बिहीबार पत्रकार सम्मेलनमा सेभेन थ्री स्पोर्ट्सलाई विश्वास गर्नु गल्ती भएको बताएका थिए। तर सात केन्द्रीय सदस्यहरुले जिम्मेवार संस्थाको पदाधिकारीहरुले गल्ती स्वीकार गरेर मात्रै नहुने भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

‘स्पट फिक्सिङ जस्तो गम्भीर अपराध हुन दिनको लागि बाटो खोलिदिन पदाधिकारीहरुको गल्ती र कार्यसम्पादन समितिका सदस्यहरुको भागिदार नेपाल क्रिकेट संघ हुन नसक्ने उनीहरुले बताएका छन् । आफूहरुले पटक–पटक सचेत गराउँदा पनि त्यही कम्पनीलाई नेपाल क्रिकेट सुम्पिने हठले नेपाली क्रिकेटको यो दुर्दशा भएको उनीहरूले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *