वीरगन्ज :

५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ

श्रेणी : अपराध

1 year
Pradeep Sah
2.2kViews
1762 Shares

जनकपुर,०२ जेठ । सघन सहरी तथा भवन निर्माण आयोजनाका एक इन्जिनियर ५ लाख ७० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले बिहीबार उनीलाई भक्तपुरको एक रेस्टुरेन्टबाट रंगेहात पक्राउ गरेको हो।

पक्राउ पर्ने इन्जिनियर महोत्तरी, भंगहा नगरपालिका–२ निवासी ४२ वर्षीय सन्तोष कुमार यादव हुन्, जो हाल मध्यपुर ठिमी नगरपालिका–१, लोकन्थलीमा बसोबास गर्दै आएका छन्।

यादवमाथि खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीमा अनावश्यक झन्झट र बहाना गर्दै सेवाग्राहीलाई दुःख दिने र त्यसकै सट्टा घुस मागेको आरोप लागेको छ। प्राप्त सूचनाका आधारमा अख्तियार टोलीले भक्तपुरको रेस्टुरेन्टमै पुगेर उनलाई नगदसहित पक्राउ गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *