वीरगन्ज :

विचाराधीन मुद्दामा अध्ययनबिनै टिप्पणी गर्नु गैरजिम्मेवारपूर्ण हुने खुश्बु ओलीको भनाइ

श्रेणी : प्रदेश

2 hours
Pradeep Sah
2.1kViews
1373 Shares

काठमाडौँ,३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले अदालतमा विचाराधीन रहेका मुद्दाबारे पर्याप्त अध्ययन र तथ्यबिना सार्वजनिक अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण हुने बताएकी छन्।

मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै ओलीले आफूले प्राप्त गरेका कागजात र व्यक्तिगत अध्ययनबाट फेला परेका तथ्यबीच उल्लेखनीय अन्तर रहेको दाबी गरिन्। अपूर्ण तथा तथ्यहीन विवरणका आधारमा जिम्मेवार पदमा रहेका व्यक्तिहरूले धारणा राख्नु उचित नहुने उनको भनाइ थियो।

उनले संवेदनशील र अदालतमा विचाराधीन विषयमा बोल्दा विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता औंल्याउँदै मिडियामा सार्वजनिक हुने अभिव्यक्तिले जनमानसमा भ्रम सिर्जना गर्न सक्ने बताइन्।

‘मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा हामीजस्ता जिम्मेवार व्यक्तिहरूले गम्भीर अध्ययनबिना मिडिया ट्रायल भइरहेका विषयमा धारणा व्यक्त गर्नु उचित हुँदैन,’ उनले बैठकमा भनिन्।

ओलीले विचाराधीन मुद्दासम्बन्धी हाल भइरहेको छलफल प्रक्रियालाई तत्काल रोक्न समितिका सभापतिको ध्यानाकर्षण पनि गराइन्। उनका अनुसार उजुरीका आधारमा मात्र निष्कर्ष निकाल्नुभन्दा आधिकारिक दस्ताबेजको अध्ययन गरी अदालतबाट अन्तिम फैसला आएपछि मात्रै थप धारणा सार्वजनिक गर्नु उपयुक्त हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *