वीरगन्ज :

सर्लाहीमा स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुई जना नियन्त्रणमा

श्रेणी : अपराध

57 minutes
Pradeep Sah
2.8kViews
1793 Shares

सर्लाही,२० साउन । भारतसँग सीमा जोडिएको सर्लाहीको पर्सा गाउँपालिका–६ स्थित सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी संग्रामपुरबाट खटिएको गस्ती टोलीले मंगलबार दिउँसो नियमित चेकजाँचका क्रममा शंकास्पद अवस्थामा सीमातर्फ आउँदै गरेका दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पर्सा गाउँपालिका–६ का २३ वर्षीय असपाक साह र महोत्तरीको औरही (श्रीपुर) का ४६ वर्षीय साजन मुखिया रहेका छन्।

सशस्त्र प्रहरीका अनुसार उनीहरूको साथबाट स्रोत खुल्न नसकेको १३ लाख रुपैयाँ नगद र दुई थान मोबाइल फोन बरामद भएको छ। पक्राउ परेकाहरूले रकमको आधिकारिक स्रोत वा आवश्यक कागजात देखाउन नसकेपछि उनीहरूलाई रकमसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला भन्सार कार्यालय, सर्लाहीमा बुझाइएको छ।

बरामद रकम अवैध हुन्डी कारोबार वा सीमापार गैरकानुनी आर्थिक गतिविधिसँग सम्बन्धित हुन सक्ने आशंकामा भन्सार कार्यालय र प्रहरीले थप अनुसन्धान अघि बढाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *