वीरगन्ज :

सप्तरीमा जेठानी–देवरानीको झगडापछि गर्भपतन

श्रेणी : BANNER

11 months
Pradeep Sah
2.4kViews
1388 Shares

सप्तरी,०९ भदौ । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरमा जेठानी र देवरानीबिचको झगडामा एक महिलाको पाँच महिनाको गर्भ खेर गएको छ।

भदौ ४ गते बिहान बाटोमा इँटा राख्ने विषयमा ४० वर्षीया जिबछी देवी साह र उहाँकी देवरानी ३५ वर्षीया ललिता देवी साहबिच झगडा सुरु भएको थियो। झगडा बढ्दै जाँदा कुटपिटमा परिणत भएको र यस क्रममा ललिताको पेटमा चोट लागेको थियो।

घाइते ललिता साहलाई परिवारले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लग्दा चिकित्सकले गर्भपतन भएको पुष्टि गरेका छन्। ललिता साह तत्काल घरमै सामान्य अवस्थामा बस्दा पनि अचानक पेट दुख्ने भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो।

दुर्घटनामा संलग्न जेठानी जिबछी देवी साह फरार रहेको र उनको खोजतलास भइरहेको छ। इलाका प्रहरी कार्यालय कल्याणपुरले थप अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *