वीरगन्ज :

शैक्षिक मागसहित प्रदर्शनमा उत्रिएका नेविसंघका दर्जनौं नेता पक्राउ

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
2.5kViews
1652 Shares

वीरगन्ज,३० असार । काठमाडौंस्थित नेपाल कमर्श क्याम्पसअगाडि शैक्षिक मागसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का दर्जनौं नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, सिनेट बैठकमा विद्यार्थीको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने र शिक्षक नियुक्ति पूर्ण रूपमा खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग उठाएका थिए।

प्रहरीले हस्तक्षेप गर्दै धरपकड गर्दा नेविसंघका केन्द्रीय सदस्यदेखि विभिन्न क्याम्पस इकाईका अध्यक्षसम्म पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमध्ये सरोज तिमिल्सिना, श्यामराज ओझा, अनसुल केसी, सुशील खड्का, पृथ्वीजंग थापा, महेन्द्र खड्का, उत्सव देवकोटा, रन्चिर विष्ट, एलेक्स सिंघानिया लगायत अन्य दर्जनौं विद्यार्थी नेता छन्।

नेविसंघले जारी गरेको विज्ञप्तिमा प्रहरीले प्रदर्शनमाथि गरेको हस्तक्षेपको कडा विरोध गर्दै पक्राउ परेका सबैलाई बिनासर्त तत्काल रिहा गर्न माग गरिएको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले यसलाई ‘अत्यन्तै निन्दनीय कार्य’ भनेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *