वीरगन्ज :

मलेसियासँगको श्रृंखलाका लागि नेपाली महिला क्रिकेट टोली घोषणा

श्रेणी : खेलकुद

3 years
birgunj report
180Views
0 Shares

काठमाडौं । मलेसियासँगको ट्वान्टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली घोषणा गरिएको छ । मलेसियामै हुने पाँच खेलको शृङ्खलाका लागि मुख्य प्रशिक्षक सामसङजंग थापाले बिहीबार रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् ।

टोलीमा रुविना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दु बर्मा, कविता कुवर, कविता जोशी, अस्मिना कर्माचार्य, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, ज्योति पाण्डे, कृतिका मरासिनी, सम्झना खड्का, ईश्वरी विष्ट, सरस्वती चौधरी छन् । नेपालले मलेसियासँग मे २९ मा शृङ्खलाको पहिलो खेल खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *