वीरगन्ज :

ब्राउन सुगरसहित तीन किशोर पक्राउ

श्रेणी : अपराध

2 years
Pradeep Sah
2.3kViews
1685 Shares

बर्दिया,०८ माघ । ३ सय ४० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित तीन जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

बाँसगढी नगरपालिका–३ स्थित मान खोलामा रहेको खुशिया थारुको पुरानो खाली घरमा लागूऔषधको किनबेच भइरहेको सूचनाका आधारमा प्रहरीले सोमबार ती किशोरलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी डीएसपी ऋषिराम अर्यालका अनुसार पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका–६ निवासी १८, १६, र १५ वर्षका किशोर रहेका छन्। प्रहरीले खानतलासी गर्दा १२ प्लास्टिक पुरियामा ब्राउन सुगर फेला परेको बताइएको छ।

पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय मोतीपुर बाँसगढीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *