श्रेणी : BANNER
वीरगंज (पर्सा), २४ असार । पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–२४ रामगढवा क्षेत्रबाट ब्राउन सुगर र गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–१ घर भई हाल रामगढवामा डेरा गरी बस्दै आएका २१ वर्षीय राहुल बैठा र सुनसरीको इटहरीका २२ वर्षीय साइमन क्षेत्री रहेका छन् ।
अस्थायी प्रहरी चौकी रानीघाटबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बैठाको डेरा कोठामा छापा मार्ने क्रममा ३ ग्राम ७२ मिलिग्राम ब्राउन सुगर र एक पुरिया गाँजा बरामद गरेको थियो । सोही क्रममा दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया