वीरगन्ज :

बीरगन्जमा रक्तदान कार्यक्रम सम्पन्न, २९ जनाले गरे रगतदान

श्रेणी : मधेस

11 months
Pradeep Sah
2.2kViews
1290 Shares

बीरगन्ज,१० जेठ । बीरगन्जको आदर्शनगरस्थित रानीसती अतिथि सदनमा उपकार सेवा नेपाल, राउण्ड टेबल नेपाल र बलिरामपुर युवा क्लबको संयुक्त आयोजनामा आयोजित बृहत रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमले सामाजिक उत्तरदायित्व र मानव सेवाको सन्देश फैलाएको आयोजकहरूले बताएका छन्।

पूर्व मेयर विजय कुमार सरावगी कार्यक्रमका प्रमुख अतिथि थिए भने उपकार सेवा नेपालकी अध्यक्ष विद्या देवी सरावगीले कार्यक्रमको अध्यक्षता गरेकी थिइन्।

रक्तदान कार्यक्रममा दुई महिलासहित २९ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। रक्तदान गर्नेहरूमा कामना पौडेल, मुस्कान महेश्वरी, अविनाश गुप्ता, आयुष गुप्ता, सिद्धार्थ अग्रवाल, रवीन्द्र महतो, राजेश यादव, हरिओम कुमार चौहानलगायत थिए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सभापति बृज किशोर पटेल, रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, बलिरामपुर युवा क्लबका शिवम गुप्ता, युवा नेता ओम प्रकाश सरार्फ, राउण्ड टेबल नेपालका अध्यक्ष आयुष अग्रवाल, वीर समसेर कुर्मी र समाजसेवी राजेन्द्र भट्टराईको विशेष उपस्थिति रहेको थियो।

बीरगन्ज रक्त संचार केन्द्रका प्रमुख सौरभ राज पाण्डे, मनिष गुप्ता, बिबेक यादव लगायतको प्राविधिक टोलीले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *