वीरगन्ज :

सामाजिक सञ्जाल तथा प्रविधि कम्पनीहरूले नेपालमा एक वर्षमा गरे पौने ३ अर्बकाे कारोबार

श्रेणी : अर्थ

1 year
Pradeep Sah
2.4kViews
1559 Shares

काठमाडौं,१६ माघ । नेपालमा सामाजिक सञ्जाल तथा सूचना प्रविधि कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ मा झन्डै पौने ३ अर्ब रुपैयाँ बराबरको कारोबार गरेका छन्। यस क्रममा माइक्रोसफ्ट, गुगल, मेटा, टिकटक, एडोबी, नेटफ्लिक्स, अमेजन, एप्पलजस्ता १९ अन्तर्राष्ट्रिय कम्पनीले साढे ४१ करोड रुपैयाँ कर तिरेका छन्।

ठूला करदाता कार्यालयका अनुसार तीमध्ये एक अमेरिकी कम्पनीले मात्रै झन्डै १ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ। नेपालमा भौतिक उपस्थिति नभएका, तर नेपाली उपभोक्तालाई विद्युतीय सेवा प्रदान गर्ने कम्पनीहरूले १३ प्रतिशत भ्याट मासिक रूपमा तिर्नुपर्ने कानुनी व्यवस्था छ।

विद्युतीय सेवा कर भने आर्थिक वर्ष सकिएको तीन महिनाभित्र भुक्तानी गर्नुपर्ने प्रावधान छ। विदेशी प्रविधि कम्पनीहरूको नेपालमा बढ्दो कारोबारलाई ध्यानमा राख्दै कर प्रशासनले यस्ता कम्पनीहरूको अनुगमन र कर संकलनलाई प्रभावकारी बनाइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *