वीरगन्ज :

बारामा सहचालकले नै खाली ट्रक लिएर फरार भएको आरोप

श्रेणी : अपराध

17 hours
Pradeep Sah
2.7kViews
1841 Shares

बीरगन्ज,०४ साउन । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ बाट पार्किङ गरी राखिएको एउटा खाली ट्रक सहचालकले नै लिएर फरार भएका छन्।

शनिबार राति करिब ९ बजे जितपुरसिमरा–१ निवासी चालक अनोज थापाले आफ्नै घर अगाडि पार्किङ गरेको ना ६ ख १३५७ नम्बरको टाटा कम्पनीको खाली ट्रक सहचालकले बिना जानकारी लिएर गएको बताइएको छ।

ट्रक धनी सोम गुरुङ रहेको जनाइएको छ। पहिचान नखुलेका सहचालक हालसम्म सम्पर्कमा नआएको र खोजी गर्दा समेत ट्रक फेला नपरेपछि चालक थापाले आइतबार बिहान करिब ६ः१० बजे प्रहरीलाई खबर गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी पथलैयाबाट प्रहरी हवल्दार मोहर कुमार दासको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ। प्रहरीले ट्रकको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीले हराएको ट्रक फेला पार्ने वा देख्ने जो कोहीलाई नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *