वीरगन्ज :

पर्साको सखुवा प्रसौनीमा ११ कठ्ठामा लगाइएको अवैध गाँजा खेती नष्ट

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.6kViews
1859 Shares

बीरगन्ज,२७ पुस । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१, औराहस्थित ऐलानी जग्गामा अवैध रूपमा लगाइएको गाँजाखेती इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले फँडानी गरी नष्ट गरेको छ।

शुक्रबार  प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा ११ सदस्यीय टोलीले ११ कठ्ठा जग्गामा अलग-अलग ५ स्थानमा लगाइएको करिब ७ हजार गाँजाका बोट नष्ट गरेको हो।

प्रहरीका अनुसार अज्ञात व्यक्तिहरूले अवैध रूपमा खेती गरेका यी गाँजाका बोट फँडानी गरेर घटनास्थलमै नष्ट गरिएको छ। साथै, गाँजा लगाउने व्यक्तिहरूको पहिचान र उनीहरूमाथि कारबाहीका लागि अनुसन्धान जारी रहेको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *