वीरगन्ज :

नक्कली भुटानी शरणार्थी प्रकरणः उपप्रधान एवं गृहमन्त्रीसहित १५ जना दोषी

श्रेणी : BANNER

5 hours
Pradeep Sah
2.4kViews
1253 Shares

काठमाडौँ, २४ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित १५ जना दोषी ठहर भएका छन् । मुद्दा दायर भएको तीन वर्षपछि जिल्ला अदालत काठमाण्डौका न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो उनीहरूलाई दोषी ठहर गरेको हो ।

अदालतले रायमाझी, खाण र पाण्डेसहित केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गोविन्द चौधरी, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, बिचौलिया हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको हो ।

मुद्दाका प्रतिवादी सन्दीप रायमाझी सहित ७ जनाले सफाइ पाएका छन् । प्रतिवादीहरू सन्दीपसहित रामशरण केसी, टंककुमार गुरुङ, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई कसुर पुष्टि नभएको भन्दै अदालतले सफाइ दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *