वीरगन्ज :

देशका दुई जिल्लामा महिला र पुरुषको शव फेला, प्रहरीले थाल्यो अनुसन्धान

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.5kViews
1350 Shares

वीरगंज (पर्सा), २ असार । देशका फरक–फरक स्थानमा एक महिला र एक पुरुष मृत अवस्थामा भेटिएका छन्।
सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–७ खुर्कोटस्थित सुनकोशी नदी किनारमा करिब ४५ वर्षीय एक पुरुषको शव मंगलबार फेला परेको प्रहरीले जनाएको छ। मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन।
यस्तै, सर्लाही जिल्लाको बागमती नगरपालिका–९ स्थित सोल्टी गेट जाने सडकछेउ रामनगर गाउँपालिका–६ मलघट्टाकी ८१ वर्षीया हसिया महाराको शव पनि मंगलबार फेला परेको छ।
घटनाबारे सम्बन्धित जिल्ला प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *