वीरगन्ज :

हर्क साम्पाङको माग—सम्पत्ति मात्रै होइन, आयको स्रोत पनि स्पष्ट गरियोस्

श्रेणी : BANNER

1 month
Pradeep Sah
2.5kViews
1781 Shares

बारा,३० चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ले सरकारमा रहेका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको वैधानिक स्रोत समेत खुलाउनुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले केवल सम्पत्ति विवरण मात्र पर्याप्त नभएको उल्लेख गरे। उनका अनुसार स्रोत नखुलेको सम्पत्तिले पारदर्शितामाथि प्रश्न उठाउने भएकाले यसको स्पष्ट जानकारी आवश्यक छ।

साम्पाङले आफ्नो अभिव्यक्तिमा स्रोतविहीन सम्पत्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भ्रष्टाचारसँग जोडेर हेर्न सकिने संकेत गरेका छन्। उनले लेखेका छन् कि, “सम्पत्ति कति छ भन्ने मात्र होइन, त्यो कहाँबाट आयो भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ।”

हालै वालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो। उक्त विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सार्वजनिक गरेको हो। यसै सन्दर्भमा साम्पाङले पारदर्शिता र सुशासनका लागि सम्पत्तिको स्रोत समेत अनिवार्य रूपमा सार्वजनिक गरिनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *