वीरगन्ज :

सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीको संयुक्त गस्ती

सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीको संयुक्त गस्ती

श्रेणी : BANNER

2 years
birgunj report
7Views
0 Shares

वीरगंज (पर्सा), १० भदौ / नेपाल भारत सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरुले संयुक्त गस्ती गरेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर संयुक्त गस्ती गरिएको हो ।
निर्वाचन लक्षित सुरक्षा योजना अन्तर्गत नेपाल र भारतका सुरक्षा निकायहरुबाट संयुक्त गस्ती गरिएको नेपाल तर्फको सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलले जनाएको छ । गस्ती टोलीले सीमा स्तम्भहरुको स्थिति बुझ्नुको साथै सिमा क्षेत्रको अनुगमन गरेका थिए ।
निर्वाचनको समयमा सीमा क्षेत्रमा देखिने समस्या समाधानमा एक अर्काबीच समन्वय र सहकार्यका साथ काम गर्ने सहमति यसअघि नै दुवै देशको सीमा क्षेत्रमा सुरक्षा निकायको नेतृत्व गर्दै आएका अधिकारीहरुबीच नियमित हुने बैठकमा भइसकेको छ ।
जङ्गे पिलर न. ३९०/१ देखि पिलर न. ३९०–२२ हुँदै ३९०/३३ सम्मका पिलरहरुको संयुक्त निरीक्षण गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए । नेपाल तर्फबाट सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्ट समेत २० जना र भारतीय पक्षबाट एसएसबीका सिमा निरीक्षक सुशिल कुमारको नेतृत्वमा १० जना गरी ३० जनाको टोलीले संयुक्त गस्ती गरको थियो । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *