श्रेणी : समाचार
काठमाडौं । भदौ २ गते
रौतहटमा बस र अटोरिक्सा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–२ पूर्व पश्चिम राजमार्गको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।आज बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहान ५ बजे एक आपसमा ठोक्किएका थिए ।
उक्त दुर्घटनामा परि अटोमा सवार ४ जना मानिसहरु घाइते भएको र अस्पतालमा लगेपछि ३ जनालाई मृत घोषणा गरिएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर रहेका छन् । घइतेको चन्द्रपुर अस्पतालमा उपचार हुँदै छ भने बस चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया