वीरगन्ज :

नयाँ वर्षमा नेपाल टेलिकमको धमाकेदार अफर, ४९९ मै महिनाभर अनलिमिटेड डाटा

श्रेणी : BANNER

1 month
Pradeep Sah
2.8kViews
1872 Shares

काठमाडौँ — नयाँ वर्ष २०८३ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विशेष ‘न्यु इयर अफर’ सार्वजनिक गरेको छ। सरकारी स्वामित्वको टेलिकमले प्रिपेड र पोस्टपेड दुवै प्रयोगकर्तालाई लक्षित गर्दै दुई फरक डाटा प्याकेज उपलब्ध गराएको हो।

कम्पनीका अनुसार ‘न्यु इयर लाइट’ प्याकेज ४९९ रुपैयाँमा उपलब्ध छ, जसअन्तर्गत प्रयोगकर्ताले दैनिक ५ जीबीसम्म फास्ट डाटा प्रयोग गर्न पाउनेछन्। दैनिक सीमा सकिएपछि पनि इन्टरनेट सेवा नरोकिने र महिनाभर २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

त्यस्तै, बढी डाटा आवश्यक पर्ने ग्राहकका लागि ‘न्यु इयर प्रिमियम’ प्याकेज ल्याइएको छ। ६९९ रुपैयाँ पर्ने यस योजनामा दैनिक १० जीबी डाटा उपलब्ध हुनेछ भने दैनिक सीमा सकिएपछि ३ एमबीपीएस गतिमा अनलिमिटेड इन्टरनेट चलाउन सकिनेछ।

टेलिकमले यो अफर सीमित अवधिका लागि मात्रै उपलब्ध हुने जनाएको छ। चैत ३० देखि वैशाख २ गतेसम्म मात्र यी प्याकेज खरिद गर्न सकिने र ३० दिनसम्म प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ।

प्रिपेड तथा पोस्टपेड दुवै ग्राहकले आफ्नो मोबाइलबाट कोड डायल गरेर वा नेपाल टेलिकम एपमार्फत सहजै प्याकेज खरिद गर्न सक्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *