वीरगन्ज :

क्रिप्टो र हुण्डी सञ्जालको पर्दाफास: ३० लाख नगदसहित गिरोह नियन्त्रणमा, अनुसन्धान तीव्र

श्रेणी : BANNER

3 weeks
Pradeep Sah
2.9kViews
1589 Shares

काठमाडौँ,२४ चैत । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रलाई केन्द्र बनाएर अवैध क्रिप्टो करेन्सी र हुण्डी कारोबार गर्दै आएको समूहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा आइतबार साँझ चार जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा चितवन घर भई हाल झम्सिखेल बस्ने ३२ वर्षीय सवन अधिकारी, तारकेश्वरका २५ वर्षीय आशिष अधिकारी, ठमेलका ३२ वर्षीय रबिन जि.आर. र इमाडोलका ३७ वर्षीय अनित्य शाक्य रहेका छन्।

प्रहरीका अनुसार उनीहरू अवैध रूपमा क्रिप्टो करेन्सीको खरिद–बिक्री तथा हुण्डीमार्फत ठूलो रकम ओसारपसार गर्ने कार्यमा संलग्न थिए। कारबाहीका क्रममा प्रहरीले उनीहरूको साथबाट ३० लाख रुपैयाँ नगद, विभिन्न ब्रान्डका ६ वटा मोबाइल फोन र एक थान म्याकबुक बरामद गरेको छ।

उनीहरूमाथि मुलुकी अपराध संहिता अनुसार हुण्डी कारोबार तथा अभौतिक मुद्रासम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *