वीरगन्ज :

क्यालिफोर्नियामा डढेलो, हजारौँ मानिसलाई सुरक्षित क्षेत्रमा जान आदेश

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
8Views
0 Shares


काठमाडौ । भदौ १८ गते
उत्तरी क्यालिफोर्नियामा डढेलो फैलिएपछि त्यस क्षेत्रका हजारौँ मानिसलाई सुरक्षित क्षेत्रमा जान आदेश दिइएको छ । १,००० एकडभन्दा बढी क्षेत्रमा फैलिएको डढेलोका कारण सो क्षेत्रका हजारौं मानिसहरूलाई आफ्नो घरहरू खाली गर्न आदेश दिइएको हो । डढेलोबाट धेरै घरहरु जलेर ध्वस्त भएका छन् ।

क्यालिफोर्नियामा यसअघि पनि भीषणा डढेलो लागेको थियो । सन् २०१४ मा डढेलोबाट ३ हजार जनसंख्या भएको विड शहरमा १५० भवन जलेर खरानी भएका थिए । विश्वव्यापाी तापक्रममा बृद्धि, खडेरी आदिका कारण डढेलोका घटनामा वृद्धि भएको वैज्ञानिकहरु बताउँछन् । खडेरीले गर्दा जमिनमा चिसोपना घटेको र डढेलो फैलिने जोखिम थप बढिरहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *