वीरगन्ज :

ओली–लेखक पक्राउसम्बन्धी सरकारी आदेश सार्वजनिक

श्रेणी : BANNER

1 month
Pradeep Sah
2.4kViews
1769 Shares

काठमाडौं,१४ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई पक्राउ गर्न दिएको सरकारी आदेशपत्र सार्वजनिक भएको छ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले ‘जेनजी आन्दोलन’ सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमार्फत सम्बन्धित निकायलाई औपचारिक निर्देशन पठाएको थियो। उक्त पत्रमा भदौ २३ र २४ गते भएका घटनाको छानबिनबाट प्राप्त निष्कर्ष कार्यान्वयन गर्न स्पष्ट निर्देशन दिइएको उल्लेख छ।

गृह मन्त्रालयले मन्त्री सुधन गुरुङ को निर्णयसहित तयार पारिएको पत्र प्रहरी मुख्यालयलाई पठाएको हो। पत्रसँगै आयोगको प्रतिवेदन पनि संलग्न गरिएको थियो, जसअनुसार तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध कानुनी प्रक्रिया अघि बढाउन भनिएको छ।

पत्रमा मन्त्रिपरिषद्को निर्णयलाई तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै आयोगको सिफारिसअनुसार कारबाही प्रक्रिया सुरु गर्न निर्देशन दिइएको उल्लेख छ।

यो आदेश सार्वजनिक भएसँगै पछिल्लो राजनीतिक घटनाक्रम झन् स्पष्ट भएको छ भने यसले सरकारको कदमलाई कानुनी आधारमा अघि बढाइएको सन्देश दिन खोजिएको देखिन्छ। विपक्षी दलहरूले भने यसलाई अझै पनि राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *