वीरगन्ज :

अमेरिकामा ८० प्रतिशत मातृ मृत्युदर घटाउन सकिने

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
12Views
0 Shares

अमेरिकामा अहिले भइरहेको मातृ मृत्यु दरमा ८० प्रतिशतले कमी ल्याउन सकिने एक अध्ययनले देखाएको छ । अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्र (सिडीसी) ले सोमबार सार्वजनिक गरेको एउटा नयाँ प्रतिवेदनमा ८० प्रतिशत मातृ मृत्यु नियन्त्रण गर्न सकिने प्रकारको रहेको उल्लेख छ ।

सन् २०१७ र २०१९ मा अमेरिकाका ३६ राज्यमा गरेको अध्ययनका आधारमा यस्तो निष्कर्ष निकालिएको प्रतिवेदनमा लेखिएको छ । अध्ययनमा समेटिएका कुल गर्भवती मध्ये २२ प्रतिशतको सुत्केरी हुनु अगाडि मृत्यु हुने गरेको देखिएको छ । त्यसैगरी २५ प्रतिशत गर्भवतीको मृत्यु सुत्केरी भइरहेको बेलामा वा सुत्केरी भएको सात दिन भित्रमा हुने गरेको छ ।

बाँकी ५३ प्रतिशतको मृत्यु भने सुत्केरी भएको सात दिनदेखि एक वर्षसम्ममा हुने गरेको पाइएको छ । उनीहरूको मृत्यु हुनुका मुख्य कारणहरू मध्ये मानसिक अवस्था, अत्यधिक रक्तश्राव, घाउमा हुने सङ्क्रमण, बच्चाको खवर अवस्थीति, मुटुसम्बन्धी समस्यालगायत रहेका छन् ।

सिडीसीका निर्देशक वान्दा बार्फिल्डले गर्भवती तथा सुत्केरीको मृत्यु हुने मुख्य कारणहरूलाई पर्याप्त रुपमा घटाउन सकिने दावी गरे । त्यसका लागि स्वास्थ्य प्रदर्शनात्मक कार्यक्रमहरू धेरै सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । “मातृ मृत्युका धेरै कारणहरूलाई घटाउन सक्ने देखिन्छ, त्यसका लागि राज्यका निकायहरूले पर्याप्त पहल गर्नुपर्दछ,” उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *