वीरगन्ज :

रातिको १२ बजेसम्म होटल तथा रेष्टुरेन्ट संचालन गर्न माग गर्दै प्रजिअलाई ध्यानाकर्षण

रातिको १२ बजेसम्म होटल तथा रेष्टुरेन्ट संचालन गर्न माग गर्दै प्रजिअलाई ध्यानाकर्षण

श्रेणी : BANNER

3 years
Pradeep Sah
34Views
0 Shares

वीरगंज (पर्सा), २५ पुस / वीरगंजमा रातिको १२ बजेसम्म होटल तथा रेष्टुरेन्टहरु संचालन गर्न दिनुपर्ने माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइएको छ । होटेल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाउँदै रातिको १२ बजेसम्म वीरगंजको होटल तथा रेष्टुरेन्टहरु खोल्न पाइने कार्यविधि बनाइदिन माग गरे ।
कोरोना महामारी पश्चात नेपाल सरकारले राजधानी लगायत देशको महानगरपालिका तथा देशका महत्वपूर्ण पर्यटकीय स्थलहरुमा होटल तथा पर्यटन व्यवसायहरु चौबिस घण्टै खुल्ने अनुमति दिइरहेको अवस्थामा पर्सा जिल्लामा पनि हाललाई कम्तिमा रातको १२ः०० बजेसम्म मात्र भएपनि होटेल तथा रेस्टुरेन्टहरु उचित कार्य विधि बनाएर संचालन गर्ने वातावरण बनाई दिन माग गरे ।
ज्ञापन पत्र बुझाउन होटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रचेन्द्र सिंह थापा, महासचिव माधव बस्नेत, सचिव सन्दिप बस्नेत, कोषाध्यक्ष पुष्पलाल श्रेष्ठ, सह कोषाध्यक्ष हिरा श्रेष्ठ, होटेल पुजनका सुरेन्द्र लाल श्रेष्ठ, क्लार्क रिसोर्ट होटेलका सुनिल खेतान, होटेल नारायणीका शेखर चौधरी, होटेल अन्नपूर्णका आनन्द चौरसिया, माल्ट रेस्टुरेन्टका निखिल कादमिया लगायत पुगेका थिए ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले ब्यबसायीहरुको समस्या तुरुन्तै सम्बोधन गर्न आश्वसन दिए । त्यसका लागि सहायक प्रमुख जिल्ला अधिकारी महेश राज तिमल्सिनालाई संयोजक समेत तोकिदिएको बताए । निश्चित सुरक्षा मापदण्डहरु पूरा गरेर राति १२ बजेसम्म होटल खुल्न दिनको लागि कार्यविधि बनाउन भोलि २ बजे सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा होटल तथा पर्यटन ब्यबसायी संघ वीरगंजका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायका प्रतिनिधि हरुको बैठक बस्ने छ । सो बैठकले त्यस सम्बन्धी निर्णय जनाइएको छ । वीरगंज टाइम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *