वीरगन्ज :

माओवादी बागमती प्रदेश संसदीय दलको नेतामा जमरकटेल चयन

माओवादी बागमती प्रदेश संसदीय दलको नेतामा जमरकटेल चयन

श्रेणी : BANNER

3 years
birgunj report
37Views
0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकटेल चयन भएका छन् ।

शनिबार काठमाडौंमा भएको छलफलले दलको नेतामा जमरकटेललाई नाम चयन गरेको प्रदेश सांसद कुमारी मोक्तानले जानकारी दिइन् । दलको नेतामा अर्का प्रदेश सांसद सरल सहयात्रीले पनि दावी गरेका थिए ।

संसदीय दलको नेतामा जमरकटेलको नाम प्रस्तुत भएपछि सहयात्री भने बैठक कक्ष छोडेर बाहिरिएका छन् । संसदीय दलको नेता सहमतिबाट टुङ्गो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका थिए ।

जम्मकट्टेल गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनी यसअघि पनि माओवादी बागमती प्रदेशको संसदीय दलको नेता थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *