वीरगन्ज :

सत्ता गठबन्धनले सरकारको नेतृत्वको विषयमा आइतबार टुंगो लगाउने

श्रेणी : BANNER

3 years
birgunj report
32Views
0 Shares

काठमाडौं । नयाँ सरकार गठनकाबारेमा सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको हो ।

गठबन्धन भित्रका दलहरुबीच कसले पहिला सरकारको नेतृत्व गर्ने भन्नेमा विवाद छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको जानकारी दिए ।

उनले प्रधानमन्त्री को पहिला बन्ने भन्नेबारेमा भने आइतबार बैठक बसेर टुंगो लगाउने बताए । उनले प्रधानमन्त्री को पहिला हुने भन्नेकुरा गौण भएको भन्दै मुलुकलाई जनताको आकांक्षाअनुसार अघि बढ्ने ठूलो कुरा रहेको बताए ।

उनले अबको सरकार गठबन्धनकै नेतृत्वमा बन्ने भन्दै गठबन्धनले नै जनताको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने बताए । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *