वीरगन्ज :

अब पार्टीलाई व्यवधानमुक्त राख्छुः प्रधानमन्त्री

श्रेणी : राष्ट्रिय

3 years
birgunj report
26Views
0 Shares

काठमाडौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधानमुक्त राख्ने काममा आफू लाग्ने बताएका छन् ।

बुधवार बिहान नेपाली काँग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले आफूलाई नेपाली काँग्रेस संसदीय दलको नेताका रुपमा विजयी गराएकोमा सांसदहरुलाई धन्यवाद दिए ।

उनले आगामी दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा आफू प्रतिवद्ध रहेको बताए । नेपाली काँग्रेस संसदीय दलको नेतामा सभापति देउवाले ६४ मत पाउँदा महामन्त्री गगनकुमार थापाले २५ मत ल्याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *