वीरगन्ज :

६२ लाख श्रीलङ्कालीहरू खाद्य असुरक्षाको चपेटामा

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
47Views
0 Shares

संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार करिब ६२ लाख श्रीलङ्कालीहरूले मध्यम तथा तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् । एफएओले जुनदेखि डिसेम्बरसम्मको आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा बताएको हो ।

प्रत्येक दश घरपरिवारमा चारले आफ्नो आयमा कमीको अनुभव गरिरहेका र प्रत्येक दुई घरपरिवारमा एकले खाद्य असुरक्षाको खतरा अनुभव गरिरहेका छन् ।

एफएओका अनुसार श्रीलङ्काका ४० प्रतिशत जनता आफ्नो जीविकोपार्जनका लागि कृषिमा निर्भर छन् र २०२२ मा धानको उत्पादन लागत १०० प्रतिशतभन्दा बढीले बढेको छ ।

एफएओले स्थानीय बजारमा खाद्यान्नको आपूर्ति घट्दै गएको र श्रीलङ्काका किसान र उनीहरूका समुदायहरूलाई सहयोग गर्ने अवसरको पर्खाइमा रहेको बताएका छन् ।

एफएओले आफ्नो आपतकालीन सम्बोधनका लागि ५१ मिलियन अमेरिकी डलर परिचालन गरेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *