
श्रेणी : BANNER
46Views
0
Shares
ललितपुर । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ अहिलेसम्म भएको दुई हजार तीन सय ८४ मतगणनामध्ये नेकपा एमालेका नवराज सिलवाल एक हजार दुई सय ९५ मतका साथ अग्रस्थानमा छन् ।
यस्तै नेपाली कांग्रेसका उदयशम्शेर जबरा राणा सात सय पाँच मतले दोस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरे एक सय ७९, हलोको ९५ र छाताको छ मत आएको छ । अन्य चुनाव चिन्हले १० मत प्राप्त गरेका छन् भने ९४ मत बदर भएको छ ।


प्रतिक्रिया