
श्रेणी : BANNER
40Views
0
Shares
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्धारित समय सकिएको छ। आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो ।
केही स्थानमा भने मतदान रोकिएकाले फेरि सुरु हुँदा समापन हुन समय लाग्नेछ। यस्तै विभिन्न १५ केन्द्रमा मतदान रोकिएको निर्वाचन आयोगले जनाएको छ। रोकिएका ठाउँमा फेरि मतदान सुरु गर्न पहल भइरहेको आयोगले जनाएको छ ।
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि आज एकैचरणमा मतदानको दिन तोकिएको थियो।
प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ १६५ र समानुपातिकमा ११० तथा प्रदेश सभाका प्रत्यक्षतर्फ ३०० र समानुपातिकमा २२० जनाका लागि निर्वाचन भएको हो , निर्वाचन सकिएपछि निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका जम्मा गरेर मत गणना सुरु गरिनेछ।


प्रतिक्रिया