वीरगन्ज :

इमरान खानको भाषण प्रसारण गरे टेलिभिजनको लाइसेन्स खारेज हुने

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
9Views
0 Shares

पाकिस्तान सरकारले टेलिभिजन च्यानलहरुमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा रोक लगाएको छ ।

पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इमरान खानको भाषण प्रसारण गर्न रोक लगाएको हो ।

इमरान खानले आपत्तिजनक र कानुन विपरीतका अभिव्यक्ति दिएको भन्दै पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेमरा) ले भनेको छ, ‘टेलिभिजन च्यानलहरुले पूर्वप्रधानमन्त्री इमरान खानको कुनै पनि भाषण र पत्रकार सम्मेलन प्रसारण गर्ने छैनन् ।’

यो निर्देशन उल्लंघन गर्ने च्यानलहरुको लाइसेन्स रद्द गरिदिने चेतावनीसमेत उसले दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *