वीरगन्ज :

कांग्रेस महामन्त्री थापालाई आयोगले सोध्यो स्पष्टीकरण

श्रेणी : BANNER

3 years
birgunj report
48Views
0 Shares

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगनकुमार थापालाई स्पष्टीकरण सोधेको छ । आफ्नो निर्वाचन क्षेत्रका बासिन्दालाई निःशुल्क डेंगु परीक्षण तथा परामर्श सेवा दिने, बिरामीलाई चिकित्सकीय परामर्श उपलब्ध गराउने भन्दै थापाले ट्वीट गरेको उजुरीको आधारमा आयोगले २४ घण्टाभित्र जवाफ दिन स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नु पर्ने आचरण अन्तर्गत खण्ड (न) मा ’कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ।

स्पष्टीकरण पत्रमा भनिएको छ– ’निर्वाचन आचारसंहिता लागू भई सकेको जानकारी हुँदा हुँदै तपाईंले निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी ट्वीटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य देखिएकाले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *