वीरगन्ज :

गगन–रविले अब नयाँ बाटो देखाउनुपर्छ : प्रचण्ड

श्रेणी : BANNER

8 hours
Pradeep Sah
1.7kViews
1084 Shares

वीरगंज, १८ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति गगन थापा र रास्वपा सभापति रवि लामिछानेलाई राजनीतिमा ‘क्रमभंगता’ गर्दै अघि बढ्न आग्रह गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले आफूले विगतमा राजनीतिक परिवर्तनका क्रममा पटक–पटक क्रमभंगता गरेको स्मरण गर्दै अब गगन र रविको पालो आएको बताए।

‘पहिले–पहिले मैले गर्ने गरेको थिएँ। अब पालो गगनजीहरूको हो, तपाईं क्रमभंग गर्दै जानुस्। अब पालो रविजीहरूको हो, तपाईंले अझै क्रमभंग गर्न बाँकी छ। तपाईंले पनि क्रमभंग गर्नुस् अनि बन्छ नेपाल,’ प्रचण्डले भने।

प्रचण्डले गगन थापा र रवि लामिछाने दुवै आफ्नो मन्त्रिपरिषद्का मन्त्री रहेको स्मरण गर्दै उनीहरूप्रति आफूमा विश्वास र सम्मान रहेको बताए। सबै मिलेर समृद्ध नेपाल निर्माणतर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो।

उनले देश, लोकतन्त्र र संविधान अप्ठ्यारो अवस्थामा रहेको भन्दै सरकारका गतिविधिले स्वेच्छाचारितातर्फ जाने जोखिम देखिएको बताए।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ गर्दै शान्ति सम्झौतासँग जोडिएका बाँकी विषय पनि टुंग्याउनुपर्नेमा प्रचण्डले जोड दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *