वीरगन्ज :

सिराहाबाट १ हजार १०२ किलो गाँजा बरामद

श्रेणी : अपराध

2 hours
Pradeep Sah
2.8kViews
1792 Shares

सिराहा,१५ असाेज । सशस्त्र प्रहरीले सिराहाबाट एक हजार एक सय किलोभन्दा बढी गाँजा बरामद गरेको छ। गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरीले १ हजार १०२ किलो ६५५ ग्राम गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरको संयुक्त टोलीले सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोक नजिक गागन खोलाको पुलबाट गएराति करिब १ बजे गाँजा बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार बा १४ च २९४ नम्बरको बोलेरो र स ६ प ४८५९ नम्बरको मोटरसाइकलमा गाँजा ओसारपसार भइरहेको थियो। दुवै सवारीसाधन नियन्त्रणमा लिएर जाँच गर्दा २६ वटा बोरामा प्याक गरिएको १ हजार १०२ किलो ६५५ ग्राम गाँजा फेला परेको हो।

सवारीसाधन नियन्त्रणमा लिएपछि चालकहरू भने फरार भएका छन्। बरामद गाँजा, बोलेरो र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *