वीरगन्ज :

ग्यास नपाएको विरोधमा सडकमै रित्तो सिलिण्डर राखेर विरोध

श्रेणी : प्रदेश

3 hours
Pradeep Sah
2.2kViews
1719 Shares

काठमाडाै,१६ भदाै । ग्यास नपाएको विरोधमा गोरखाका स्थानीयले सडकमा रित्तो सिलिण्डर राखेर विरोध जनाएका छन् । मंगलबार सिरानचोक गाउँपालिका ४ चोरकाटेका स्थानीयले विरोध स्वरुप रित्तो सिलिण्डर सडकमा राखेका हुन् ।

‘असार यता यहाँ ग्यासको हाहाकार छ’ स्थानीय मदन श्रेष्ठले भने, ‘आएको ग्यास पनि सबै गोरखा बजार मात्र जान्छ ।’ ग्यास नपाउँदा चुलोचौका गर्न समेत समस्या भएको उनले बताए । ग्यास नआए सशक्त आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।

‘आज सामान्य सचेत मात्र गराएका हौ, ग्यास नपाए थप आन्दोलन गर्छौं’ स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *