वीरगन्ज :

इराक पठाइदिने भन्दै १० लाख ठगी गर्ने महिला पक्राउ

श्रेणी : अपराध

53 minutes
Pradeep Sah
3.0kViews
1422 Shares

काठमाडौं,१६ भदाै । वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै तीन जनाबाट १० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ बस्दै आएकी ५५ वर्षीया सञ्चमाया तामाङ रहेकी छन्।

प्रहरीका अनुसार तामाङले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाउँदै इराकमा रोजगारी लगाइदिने आश्वासन दिएकी थिइन्। रकम लिएपछि लामो समयसम्म पीडितलाई झुक्यानमा राखेको र विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए।

जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा तामाङले तीन जना पीडितबाट कुल १० लाख रुपैयाँ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले तामाङलाई भदौ ११ गते बूढानीलकण्ठ नगरपालिका–४, पासिकोटबाट पक्राउ गरेको हो।

पक्राउ परेकी तामाङलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *