सप्तरी,०७ भदौ । सप्तरीको शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोकमा घरबाट हराएकी दुई वर्षीया बालिका आफ्नै घर पछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी छन्।
मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार बिहानदेखि सम्पर्कविहीन भएकी थिइन्। बालिका हराएको जानकारी पाएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी र परिवारजनले खोजी गर्ने क्रममा घरको पछाडिपट्टि रहेको झाडीमा बालिका मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
बालिकाको मृत्युको कारण खुल्न सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। मृत्युको कारण यकिन गर्न आवश्यक प्रक्रिया अघि बढाइएको र घटनाको थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया