वीरगन्ज :

रवि र बालेनको तस्बिरसहित रास्वपाले सार्वजनिक गर्‍यो प्रथम महाधिवेशनको लोगो

श्रेणी : BANNER

3 hours
Pradeep Sah
1.8kViews
1123 Shares

 

काठमाडौं,०३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असारमा हुने आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि आधिकारिक लोगो सार्वजनिक गरेको छ।

पार्टी केन्द्रीय कार्यालयले औपचारिक निर्णयसहित सार्वजनिक गरेको उक्त लोगोले पार्टीको पहिचान, संगठनात्मक संरचना र वैचारिक दिशालाई प्रतिबिम्बित गर्ने जनाएको छ।

लोगोको पृष्ठभूमिमा रास्वपाले लामो समयदेखि प्रयोग गर्दै आएको ‘स्काई ब्लु’ (निलो) रंगलाई प्रमुख रूपमा समेटिएको छ। त्यस्तै, पार्टीको चुनाव चिह्न ‘घण्टी’ पनि डिजाइनको महत्वपूर्ण भागका रूपमा राखिएको छ।

लोगोको केन्द्रमा पार्टीका संस्थापक सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवं वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को तस्बिरलाई विशेष रूपमा सजाइएको छ।

पार्टीले आगामी असार ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनलाई संगठन सुदृढीकरण, नीति निर्माण र भावी रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। महाधिवेशन चितवनको भरतपुरस्थित चितवन उद्योग संघको प्रर्दशनी केन्द्र (चितवन एक्स्पो सेन्टर) मा सञ्चालन हुने पार्टी सचिवालयले जनाएको छ।

देशभर सदस्यता विस्तार र प्रदेशस्तरीय अधिवेशनहरू सम्पन्न गरिसकेको रास्वपाले यस महाधिवेशनलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण मोडका रूपमा प्रस्तुत गरेको छ।

पार्टीले नेता, कार्यकर्ता तथा समर्थकहरूलाई महाधिवेशन सफल बनाउन सक्रिय सहयोग र सहभागिता जनाउन आह्वान पनि गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *