वीरगन्ज :

मनरासिस्वा नगरमा रास्वपा अधिवेशनका क्रममा झडप, एक जना घाइते

श्रेणी : अपराध

2 hours
Pradeep Sah
2.2kViews
1201 Shares

जनकपुर,१८ जेठ । महोत्तरीको मनरासिस्वा नगरपालिका मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर अधिवेशनका क्रममा झडप भएको छ।

स्थानीय स्रोतका अनुसार अधिवेशन चलिरहेका बेला दुई पक्षबीच विवाद उत्पन्न भएपछि स्थिति तनावग्रस्त बनेको थियो। विवाद बढ्दै जाँदा कुटाकुटको अवस्था सिर्जना भएको र त्यस क्रममा एक जना घाइते भएका छन्। घाइते व्यक्तिको टाउकोमा चोट लागेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनापछि केही समय अधिवेशन स्थलमा अफरातफरीको अवस्था सिर्जना भएको थियो भने उपस्थित कार्यकर्ता तथा स्थानीयवासीमा त्रास फैलिएको बताइएको छ।
प्रहरीका अनुसार घटनामा घाइते भएका व्यक्तिको पहिचान तथा स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी आउन बाँकी छ। सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन आवश्यक पहल गरिरहेको जनाएको छ।

घटनाबारे थप विवरण संकलन भइरहेको छ भने यस सम्बन्धमा आधिकारिक जानकारी आउन बाँकी रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *