वीरगन्ज :

प्रतिनिधि सभाको उद्घाटन बैठकमा प्रचण्डले सम्बोधन नगर्ने निर्णय

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
2.9kViews
1822 Shares

काठमाडौँ,१९ चैत । निर्वाचनपछि आज बस्ने प्रतिनिधि सभाको पहिलो बैठकमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले सम्बोधन नगर्ने भएका छन्। पार्टी केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यका अनुसार यस पटकको पहिलो बैठकमा शुभकामना मन्तव्य मात्र दिने कार्यक्रम भएकाले पार्टीको तर्फबाट नेता वर्षमान पुन ले सम्बोधन गर्नेछन्।

आचार्यले पूर्वप्रधानमन्त्रीको हैसियतले प्रचण्डले आवश्यक परे जुनसुकै बेला संसदमा बोल्न पाउने संसदीय अभ्यास रहे पनि आजको बैठकमा औपचारिक शुभकामना मन्तव्य मात्रै हुने भएकाले पुनलाई प्रतिनिधित्वको जिम्मेवारी दिइएको स्पष्ट पारे।

संसद सचिवालयले बैठकको पहिलो दिन सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *