वीरगन्ज :

पर्सामा पत्नीको खुट्टा काट्ने पति पक्राउ

श्रेणी : BANNER

3 months
Pradeep Sah
2.4kViews
1200 Shares

बीरगन्ज,१५ चैत । पर्सा प्रहरीले आफ्नै पत्नीमाथि अमानवीय ढङ्गले आक्रमण गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनापछि फरार रहेका विश्वनाथ सहनीलाई शनिबार नियन्त्रणमा लिइएको हो।

प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार चैत १ गते पर्सागढी नगरपालिका–३ बिरुवा टोलका ३० वर्षीय सहनीले आफ्नी पत्नी हरिकलादेवीको हातखुट्टा बाँधेर धारिलो हतियार प्रयोग गरी बायाँ खुट्टाको पैतलाभन्दा माथिल्लो भाग काटेर गम्भीर घाइते बनाएका थिए।

घटनापछि घाइते महिलालाई तत्काल उपचारका लागि बारास्थित एलएस न्यूरो अस्पतालमा लगिएको थियो, जहाँ उनको प्रारम्भिक उपचार गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *