बीरगन्ज,११ चैत । चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले पेट्रोलियम पदार्थ आयातमा ठूलो रकम खर्च गरेको देखिएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार यस अवधिमा कुल १ खर्ब २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको इन्धन आयात भएको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष इन्धन आयातमा वृद्धि भएको तथ्यांकले देखाएको छ। इन्धन आयातबाट मात्रै ५२ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जसले राज्यको आम्दानीमा महत्वपूर्ण योगदान दिएको छ।
आयातित इन्धनमध्ये डिजेलको हिस्सा सबैभन्दा बढी रहेको छ। सात महिनामा ६३ अर्ब ६५ करोड रुपैयाँ बराबरको ७ लाख २ हजार ३०० किलोलिटर डिजेल आयात गरिएको छ।
त्यस्तै, २५ अर्ब ३० करोड रुपैयाँ बराबरको २ लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल आयात भएको छ भने २० अर्ब ८५ करोड रुपैयाँ बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास भित्रिएको छ।
बढ्दो इन्धन खपतसँगै आयातमा निर्भरता बढ्दै गएको तथ्यांकले देखाउँछ, जसले व्यापार घाटा र आर्थिक दबाब थप्ने चिन्ता समेत बढाएको छ।

प्रतिक्रिया