वीरगन्ज :

रौतहटमा गाँजासहित एक जना पक्राउ

श्रेणी : अपराध

10 months
Pradeep Sah
2.9kViews
1850 Shares

रौतहट,०४ भदौ । रौतहटको गुजरा नगरपालिका–२ बाट प्रहरीले गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीय गोपालबहादुर थिङ रहेका छन्। गोप्य सूचनाको आधारमा प्रहरी चौकी रंगपुर र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले खानतलासी गर्दा उनको घरबाट करिब साढे ३ किलो गाँजा बरामद भएको हो।

सो क्रममा प्रहरीले ७८ हजार नेपाली रुपैयाँ र ६ सय १० भारतीय रुपैयाँ समेत फेला पारेको छ। थिङलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *