वीरगन्ज :

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा पाँच जना सम्मानित हुँदै, सूचीमा गौतम पनि

श्रेणी : मधेस

6 hours
Pradeep Sah
2.9kViews
1645 Shares

वीरगन्ज,२४ साउन । वीरगन्जबाट प्रकाशित हुँदै आएको प्रतीक दैनिकले यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने भएको छ।

प्रतीक प्रकाशन समूहको शनिबार बसेको बैठकले पत्रकारिता क्षेत्रमा गौतमले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ।

प्रतीक प्रकाशन समूहको ४०औँ वार्षिकोत्सवका अवसरमा आगामी भदौ १ गते आयोजना हुने समारोहमा गौतमलाई उक्त पुरस्कार प्रदान गरिनेछ।

यसैगरी, प्रतीक दैनिकले गत वर्षदेखि प्रदान गर्दै आएको स्वर्गीय चिरञ्जीवी कोइराला पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार अर्जुन चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ। उक्त पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, प्रतीक दैनिकमा नियमित स्तम्भ लेखनमार्फत योगदान पुर्‍याउँदै आएका स्तम्भकार राजेन्द्र कोइरालालाई स्तम्भकार पुरस्कार प्रदान गरिने भएको छ।

वार्षिकोत्सव समारोहमा प्रतीक दैनिकका ठोरी संवाददाता चिरञ्जीवी सापकोटा र सहायक मेसिन अपरेटर विजय श्रेष्ठलाई समेत पुरस्कृत गरिने जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *