वीरगन्ज :

एक पैसा खाएको छैन, अदालतले न्याय दिनेछ : अध्यक्ष नेपाल

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
3.2kViews
1482 Shares

काठमाडाैं,२४ जेठ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध उठेका भ्रष्टाचार सम्बन्धी आरोप असत्य रहेको दाबी गर्दै कानुनी प्रक्रियाबाट नै निर्दोष प्रमाणित हुने विश्वास व्यक्त गरेका छन्।

शुक्रबार राजधानीमा आयोजित मधेश प्रदेश सम्पर्क समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफू माथि लगाइएको मुद्दा नितान्त आधारहीन भएको बताए। उनले दृढ स्वरमा भने, “एक पैसा पनि खाएको छैन, एक इन्च पनि जग्गा आफूले लिएर फाइदा लिएको छैन। न्यायालयले सत्यतथ्यको आधारमा न्याय दिनेछ।”

पूर्वप्रधानमन्त्री नेपालले चुनौतीको सामना गर्न तयार रहेको स्पष्ट गर्दै भने, “हामी भाग्ने होइन, सामना गर्ने हो। गलत आरोप लागेको छ भने त्यसको जवाफ दिनु पर्छ, तर सत्यको डर गर्नु हुँदैन।”उनले आफूले निजी लाभका लागि कहिल्यै कुनै काम नगरेको जिकिर गर्दै कुनै स्वार्थ नभएको कामलाई अपराध सावित गर्न खोजिनु अन्याय भएको धारणा राखे।

पतञ्जलि योगपीठसँग जोडिएको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित केही उच्चपदस्थ व्यक्तिहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले बिहीबार उक्त प्रकरणमा नेपाललाई संलग्न देखाउँदै भ्रष्टाचारसम्बन्धी मुद्दा अगाडि बढाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *