वीरगन्ज :

सुनसरीमा बस–विङ्गर ठोक्किँदा ४ को मृत्यु

श्रेणी : BANNER

3 weeks
Pradeep Sah
1.8kViews
1310 Shares

जनकपुर,२६ साउन । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा यात्रुबाहक बस र विङ्गर ठोक्किँदा ४ जनाको मृत्यु भएको छ भने करिब डेढ दर्जन घाइते भएका छन्। दुर्घटना सोमबार बिहान पूर्व–पश्चिम राजमार्गमा भएको हो।

काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

मृतकमध्ये दुई जनाको सनाखत भएको छ सुनसरीको कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र सप्तरीको महादेवा गाउँपालिका–६ का ३५ वर्षीय शंकर मण्डल। अन्दाजी ४० वर्षका एक पुरुष र एक महिलाको पहिचान अझै खुल्न बाँकी छ।

घाइते १० जना सप्तरीकै भएका छन्। उनीहरूमा महादेवा गाउँपालिका–६ का रविन्द्र प्र. मण्डल र रविन्द्र मेहता, तिरहुत गाउँपालिका–३ का ६८ वर्षीय जिवछ महात्मा, राजविराज नगरपालिका–६ का १० वर्षीय रुद्र राय, राजविराज–१२ का ४४ वर्षीय प्रमोद रजक, राजविराज–०२ का २४ वर्षीय भोला यादव, ३५ वर्षीय प्रदीप यादव, विङ्गरका सह–चालक राजविराज–०४ का २१ वर्षीय सन्तोष बास्तोला, डाक्नेश्वरी नगरपालिका–३ की ३० वर्षीया अमृता राय र तिलाठी–कोइलाडी गाउँपालिका–५ का २२ वर्षीय रवि राय छन्।

घाइतेहरूको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गति दुर्घटनाको कारण भएको अनुमान गरिएको छ। विस्तृत अनुसन्धान जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *