वीरगन्ज :

मधेसको खानेपानी समस्या समाधानका लागि ठोस योजना बन्ने : मन्त्री यादव

श्रेणी : BANNER

4 days
Pradeep Sah
2.1kViews
1583 Shares

बीरगन्ज,२० साउन । खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन विभागको वार्षिक प्रगति समीक्षा कार्यक्रममा खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेस क्षेत्रको दीर्घकालीन खानेपानी समस्या समाधान गर्न अब ठोस योजना बनाउने तयारीमा सरकार रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित २०८१/८२ को वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री यादवले तराई–मधेसमा स्वच्छ र सुरक्षित खानेपानीको पहुँच अझै सीमित रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि विभागलाई शीघ्र कार्ययोजना ल्याउन निर्देशन दिए।

“तराई–मधेसको खानेपानी समस्या दीर्घकालीन प्रकृतिको हो। यसको समाधानका लागि अब गम्भीर भएर ठोस उपायमा लाग्नुपर्छ,” मन्त्री यादवले भने, “म विभागलाई आवश्यक योजना शीघ्र अघि बढाउन निर्देशन दिन्छु।”

उनले मन्त्रालयले हालसम्म खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी गर्दै विकासे मन्त्रालयहरूबीच सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने मन्त्रालयको रुपमा आफ्नो मन्त्रालय रहेको उल्लेख गरे।

सो अवसरमा विभागका महानिर्देशक रामकुमार श्रेष्ठले अघिल्लो आर्थिक वर्षमा ९० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए। मन्त्रीको स्पष्ट मार्गनिर्देशन र विभागीय सहकार्यकै कारण यस्तो प्रगति सम्भव भएको उनले बताए। “आगामी दिनमा झन प्रभावकारी रूपमा अघि बढ्नेछौं,” श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *