
श्रेणी : मधेस
बीरगन्ज,२८ असार । बीरगन्ज महानगरपालिकामा शनिबार आयोजित दुई फरक स्थानका रक्तदान कार्यक्रमहरूमा ९१ जनाले रक्तदान गरेका छन्। गर्मीयाममा रगतको चरम अभाव देखिन थालेपछि सामाजिक संस्था तथा अस्पतालहरूको सक्रियतामा यी कार्यक्रमहरू सम्पन्न भएका हुन्।
ब्राह्मचोकमा ५१ जनाको रक्तदान
सामाजिक युवा एकता क्लबको आयोजनामा ब्राह्मचोकमा सम्पन्न कार्यक्रममा ३ महिलासहित ५१ जनाले रक्तदान गरे। कार्यक्रम क्लबका अध्यक्ष बिक्की महतोको अध्यक्षता र वडा नं. १२ का अध्यक्ष सुरेश गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाका सभापति बृजकिशोर पटेल, समाजसेवी प्रकाश उपाध्याय, इनोभेट सोसाइटीका अध्यक्ष कमल चौगाई, रेशमकोठी संयोजक अभिलाष गुप्ता, राजेन्द्र भट्टराई, राजन श्रीवास्तव लगायतको उपस्थिति थियो।रक्तदानमा सहभागी व्यक्तिहरूमध्ये बिक्की महतो, विशाल कुमार महतो, जयकिसन साह, प्रमोद मण्डल, अनिच मण्डल लगायत थिए। प्राविधिक सहयोग धिरेन्द्र झा, विवेक यादव, बिरसमसेर कुर्मीले गरेका थिए।
इण्डो हस्पिटलमा ४० जनाको रक्तदान
त्यस्तै, नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर प्रा.लि. द्वारा प्रतिमा चोकस्थित अस्पताल परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ महिलासहित ४० जनाले रक्तदान गरे।
“रक्तदान जीवनदान” भन्ने मूल सन्देशसहित गरिएको कार्यक्रममा डा. प्रमनन्द शाह, डा. निरज कुमार क्याल र डा. महानन्द कुमार कुर्मी विशेष आतिथ्यका रूपमा सहभागी थिए।रक्तदाताहरूमा तमन्ना खान, राधेश्याम साह, मोहम्मद कलाम हवान, धर्मेन्द्र साब, अमित श्रीवास्तव, नुरुल अन्सारी, राहुल साह आदि थिए।
कार्यक्रममा रक्त सञ्चार केन्द्र बीरगन्जका प्रमुख सौरभराज पाण्डे, जितेन्द्र कुशवाहा, मनीष गुप्ता, नितेश साह लगायतले प्राविधिक सहयोग गरेका थिए।


प्रतिक्रिया