वीरगन्ज :

बारामा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

श्रेणी : अपराध

11 hours
Pradeep Sah
2.6kViews
1710 Shares

बीरगन्ज,१६ असार । बाराको जीतपुरमा सोमबार दिउँसो भएको सडक दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ। पथलैया–वीरगन्ज व्यापारिक मार्गमा भएको दुर्घटनामा वीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय महमद साहिल अंसारीको मृत्यु भएको हो।

वीरगन्जबाट सिमरातर्फ जाँदै गरेको ना ६ख २९९२ नम्बरको ट्यांकरले मधेश प्रदेश ०३–०२–०२४प ३९६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। प्रत्यक्षदर्शीका अनुसार अंसारी सडक पार गर्ने क्रममा ट्यांकरको चपेटामा परेका थिए।

घटनापछि गम्भीर घाइते अंसारीलाई तत्काल नारायणी उपक्षेत्रीय अस्पताल लगिएको थियो, तर उपचारअघि नै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। ट्यांकरसहित चालक, जीतपुरसिमरा–२४ का ३० वर्षीय मेहरमान अंसारीलाई इलाका प्रहरी कार्यालय सिमराको टोलीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *